'गजल' I



गोरी काली फसाउने थियो एउटा काले
उड्ने चरा खसाउने थियो एउटा काले

गोरी काली फसाएनी उड्ने चरा खसाएनी
मेरो घर बसाउने थियो एउटा काले

आफू पिरको पहाड् चढी मुटु बिच तिर रोपी
सबैलाई हँसाउने थियो एउटा काले

जस्तोसुकै खडेरीमा जिउनु परे पनि
मूल जस्तै रसाउने थियो एउटा काले

नडराई मर्नलाई परि आउँदाखेरी
आफ्नै ज्यान डसाउने थियो एउटा काले


बिना तामाङ 'सुनगाभा'
काठमाण्डौं

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com