हाँस्न खोज्छु सधै भरी हँसाउने को नै छ र !
दुइ दिनको जिन्दगीमा मर्ने बाँच्ने छैन भर ||
बलिया को आदेश चल्छ निर्दा बन्नु केहि छैन
कमजोरीको शिकारले सधै भरी डरै डर ||
गोलीगठ्ठा बोक्नेलाई कसले यहाँ छुन सक्छ
खालि हात हिड्ने लाइ मार्न सक्छ लगि पर ||
सानो स्वरले चिच्याएर कसले सुन्छ पर सम्म
भाविलेनै सानो पार्यो पुग्नु पर्ने माथि तर ||
समयनै बलबान छ चिनेर नै चल्नु पर्ने
निर्धो बनि किन ! बाच्नु कि त मार कि त मर ||
संजय कुमार खड्का
रामेछाप देउराली -८
हाल :- साउदीअरब