यही,आऊदो सेप्टेम्बर २१ तारिक शुक्रबार, नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको पावन-अवसरमा इजरायलमा भब्यरूपमा साँस्कृतिक कार्यक्रम सम्पन्न हुन गैरहेको छ ।
उक्त 'तिज साझ २०६९ को बिशेष कार्यक्रममा अन्तरराष्ट्रिय कलाकार मंच इजरायल शाखाले बेजोड सास्कृतिक कार्यक्रमको प्रस्तूती दिनेछ भने, सोही कार्यक्रममा नेपाली महिलाहरुलाई दर खुवाउने कार्य गैर आवाशिय नेपाली संघ रास्ट्रीय समन्वय परिसद इजरायल याने एन आर एन इजरायलले गर्ने भएको छ ।
र उक्त 'तिज साझ २०६९ को कार्यक्रममा दर ख्वाउने निम्तो लगायत सास्कृतिक कार्यक्रमका लागि आयोजक सस्था अन्तरराष्ट्रिय कलाकार मंच र एन आर एन इजरायलले सबै नेपाली समुदायका दाजुभाई दिदीबहिनीहरुमा उपस्थितिका लागि हार्दिक निमन्त्रना गर्दछ ।
मिति : आगामी सेप्टेम्बर २१ तारिख शुक्रबार,
समय : साझ ५ बजे, स्थान : ह-हगाना बेतबार्बर हल - १३५,
यातायातका लागि : तेलबिब पार्कबाट हल सम्म निशुल्क बसको ब्यबस्था गरिने छ ।
आयोजक : अन्तराष्ट्रिय कलाकार मंच इजराएल च्याप्टर र एन आर एन इजरायल ।
द्रस्ताब्ब्य : इच्छुक सह आयोजक सस्था या ब्यक्तिहरुले उक्त सस्थाका कार्यसमिति साथीहरूलाई सम्पर्क गर्नुहुन समेत सादर अनुरोध गरिन्छ ।