गजल I

नौ,नौ महिना कोखमा राखी धर्ति देखाएउ|
आफ्नो सरिर सुकाएर अमृत पिलाएउ||

अमुल्य त्यो जीवन आफ्नो यसै सकाएउ |
साहुको मेलो गरि गरि पढ्न सिकाएउ ||

अशल मान्छे बन्ला भनि दु:ख लुकाएउ |
आफ्नो पिडा बिर्सिएर मलाई हुर्काएउ ||

प्रदेशी बन्नु पर्यो भाग्य यस्तै हैछ आमा|
बाध्यताले सबै लुट्यो पाइन् संघै बस्न आमा ||

आशा गरि बस्नु आमा सुख दिन्छ छोरा भनि |
आशिर्बाद दिनु आमा अशल मान्छे बनुस भनि||

मेरो लक्ष यहि हो आमा आशु पुछ्ने सधै तिम्रो |
बुढेस कालको लठ्ठी बनि वरी परि घुम्ने तिम्रो ||

कतै खोजि पाइन मैले सब्द बिकल्पमा आमा|
फेरिपनि महान महान महान मेरी आमा ||

सुरेश बोहोरा (गुल्मी )
तुराङ ८ झुर्म गुल्मी
हाल: दोहा, कतार

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com