" दूध र मह बग्ने देश भनि चिनिने सुन्दर देश इज़रायाल जो अहिले विकासको अग्र पंतिमा दौडी रहेको छ, यसै सम्बन्धमा एक-समिक्षा आफ्नै अनुभवमा "
इजरायल भूमध्य सागरको पुर्बी किनारमा अवस्थित यहुदी देश हो | पूर्वमा जोर्डन ,पश्चिममा भूमध्य सागर ,उत्तर पुर्वमा सिरिया, उत्तरमा लेवनान र दक्षिणमा इजिप्ट सिमाना छ | चारैतिर अरबी देशहरुले घेरेको यो देशको करिब २०,७०० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ |
आज भन्दा करिब ६४ बर्ष पहिले मात्र स्वतन्त्र भएको यस देशमा शुरुका बर्ष हरुमा सामान्य खाना र पिउने पानीको लागि पनि घन्टौ लाईन बस्नु पर्ने कुरा अहिले हामीले केयर टेकर गरी रहेका बुढा बुढीको मानसपटलमा जस्ताको तस्तै रहेको पाईन्छ |
पछिल्लो ४ दशकको हाराहारीमा विकासको शिखर चुमिसकेको को यो देशले आर्थिक उन्नति र प्रगति उल्लेखनीय रुपमा हासिल गरी सकेको छ | मानव अधिकारको पूर्ण अनुभूति गर्न सकिने यस देशमा हरेक नागरिकलाई स्वस्थ बिमाको समेत व्यवस्था गरेको छ |
विकास क्रमसंगै इजरायल सरकारले विभिन्न प्रयोजनका लागि बिदेशी कामदारहरु भित्रिरहेको पाईन्छ | विषेश गरी कृषि , निर्माण , होटल व्यबसाय ,र पछिल्लो समयमा सुसारे (केयर गिभर )को कामका लागि विभिन्न देशबाट कामदार हरु भित्र्याउने गरेको देखिन्छ | यसै क्रममा नेपाल बाट पनि बिगत एक दशक देखि केयरगिभरको रुपमा नेपाली कामदार हरु आउन थालेका हुन् |
शुरुका दिनहरुमा ३ लाख देखि ४ लाख सम्म तिरेर केहि मेनपावर कम्पनि बाट र केहि व्यक्ति गत रुपबाट इजरायल पठाउने कार्य भयो तर यो कार्यले दिगो र निरन्तरता पाउन सकेन कारण देशको अस्थिर राजनीतिक र सरकारको कमजोर निगरानीको , भ्रस्टाचारी कर्मचारी तन्त्र र कालो धन कुम्ल्याउने मौका पाएका एजेन्टहरुको रातारात धनि बन्ने सपनाले गर्दा ३ लाखमा इजरायल आईपुग्ने नेपाली कामदार ८ देखि १० लाख सम्म तिर्ने बाध्य भए , यस्तो कालो धन कमाउने सपना इजरायलका केहि एजेन्ट र केहि मेनपावर कम्पनीको पनि धन्दा बन्न पुग्यो ,|
यसरी चरम लापरबाहीमा साथ भित्र्याइएका नेपाली कामदार हरुको दक्षता र क्षमता पनि न्यून भएको देखियो | यहाँ सम्मकी सहीछापसमेत औठाले गराउनु पर्ने अवस्था देखियो | यसको प्रतक्षय असर इजरायलका घर घरमा देखिन र सुन्न थालियो | त्यस पछाडी यस लापरबाहीको पराकास्ट अन्ततः इजरायल सरकारको कानमा पुग्यो र इजरायल सरकारले अनेक बहानामा नेपाली कामदारहरु माथी रोक लगाउन थाल्यो , बेला बेलामा परिक्षणको लागि १०० – २०० वटा भिसा खुलाउने अनुमति दिए ता पनि पछिल्लो समयमा पुन भिजामा रोक लगाएको छ|
काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैँ अहिले नेपाली हरु राता रात मिटिंग गरेर नियम र ऐन बनाउन तल्लिन देखिए र केहि सम्झौता गरिएको खबर समेत सुन्नमा आएकोछ तर जुन काममा पहल बढी गर्नु पर्ने हो त्यो चाहिँ गरेको दिखिएको छैन | हाम्रो छोटो र सोझो दिमाखले पनि इजरायलमा नेपाली कामदार दिगो रुपमा खुलाउनको लागि तत्काल सरकार स्तर बाट नै उच्च कुटनीतिक पहलको खाचो महसुश गरेका छौ | यदि नेपाल सरकारले उच्च स्तरीय कुटनीतिक पहल गर्न सके नेपालीहरुका लागि पनि इजरायल रोजगारको ढोका खुल्न सक्ने सम्भाबना रहेकोछ |तर नेपाल सरकारलाई आफ्नै धोति समाउन हम्मे हम्मे परि रहेको यस अवस्थामा नेपाली जनताको रोजगारीको बारेमा के चिन्ता गर्नसक्छ र ???? यस्तो अवस्थामा नेपाली जनताले सरकार बाट के आसा गर्न सकिन्छ र ???
बिगत साढे तिनबर्ष अगाढी बन्द भएको इजरायलको रोजगारी अहिले खुलेको भन्ने जुन हल्ला चलाईएको छ त्यो भ्रममात्र हो | केहि हप्ता अगाडी इजरायली समाचारमा गरिएको कुराकानी र झापाको एउटा कार्यक्रममा इजरायली एम्बेसडरले दिएको बक्तब्य अनुसार नेपाली कामदार भित्र्याउने बिषयमा इजरायली सरकारले केहि आन्तरिक बहस गरी राखिएको खबर सुन्नमा आए पनि सो कुराको औपचारिक जानकारी नेपाली राजदुताबासलाई प्राप्त नभएको बुझिएको छ |
यदी व्यवस्थित रुपमा इजरायलको रोजगारी खुलेको खण्डमा नेपाली मेनपावर कम्पनि र नेपाल सरकारले इमान्दारीका साथ हाना र थाप नगरीकन उचित पैसा लिएर तालिम प्राप्त कामदारहरु पठाउन सकेको खण्डमा अझै पनि पचासौ हजार नेपाली कामदारहरुले इजरायलमा रोजगारी पाउन सक्ने कुरालाई नकार्न भने सकिदैन |
विसेष गरेर इजरायलको रोजगार महिला दिदी बहिनी हरुको लागि अति शुरक्षित र आकर्षक गन्तव्य स्थान हो | यद्यपी आफुले गर्नु पर्ने कामको बारेमा नबुझी , साधारण भाषा र तालिम समेत नलिइकन आउनेहरु कतिपयलाई शुरु शुरुमा यहि रोजगारी गलाको पासो समेत बनेका उदाहरण छन् |
त्यसैले अब नयाँ आउन चाहानुहुने दिदी बहिनी तथा दाजुभाइहरुले कमसेकम आफुले गर्ने कामको बारेमा सुझबुझ भएर र तोकिएको तालिम केन्द्र बाट आधारभूत तालिम प्राप्तगरी भरपर्दो मेनपावर बाट कानुनी रुपमा तोकेको पैसा मात्र तिरेर उच्च मनोबल बोकेर आउनू भएको खण्डमा इजरायलको रोजगारी फलदाई छ , आसामुखी छ |
हाल इजरायलमा कार्यरत केयरगिभर कामदारहरुले सरदार ७० हजार देखि १ लाख सम्म कमाई गरीरहेका छन् | हाल इजरायलमा करिब ८ हजार नेपाली कामदारहरुले कामगरी रहेको अनुमान लगाउन सकिन्छ |