गजल I



पैसा जति कमाएनी मान्छे कहाँ पुग्छ होला
आखिर लामो सास छाडी तेही बाट रुक्छ होला ||

समयको पाबन्धिमा चल्दा चल्दै एक दिन
दुनिया नै छाडी गए माया दिन चुक्छ होला ||


जिन्दगीको चोला यस्तै पात झर्छ नयाँ आउछ
आफन्तको मायाले नै भित्रि मन दुख्छ होला ||

कहाँ दुख्छ भन्न गार्हो देखाउने घाउ छ र !
माया सर्दै गए पछी आलो घाउ सुक्छ होला ||

दुइ दिन बाच्ने दुनियामा हांसी हांसी बाचौ हामी
हांसी हांसी बाच्यौ भने धर्ति पनि झुक्छ होला ||

संजय कुमार खड्का
रामेछाप देउराली -८
हाल - साउदीअरब

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com