गजल I



सुस्तरी-सुस्तरी मार्ने जहर जस्तो तिम्रो प्रेम/
अँधेरी रातमा हास्ने शहर जस्तो तिम्रो प्रेम//

सोचाइ राखेर तुच्छ पिरती गाँस्यौ बाचा बाँध्दै,
मायाको सागर भित्र नहर जस्तो तिम्रो प्रेम//

पवन बनेर उड्छ सकिन्न रोक्न कसै गरि ,
जिद्धिमा अडीयौ एक्लो ठहर जस्तो तिम्रो प्रेम//

सुनौलो प्रभात सोच्थे सम्बन्ध हाम्रो युगौ सम्म,
गोधुली पखको सुन्य डहर जस्तो तिम्रो प्रेम//

सुनामी बनेर आयौ भिषण छाल "कल्पना"को,
किनार दहाई लाने लहर जस्तो तिम्रो प्रेम//

कल्पना राई
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com