गजल I



सात समुन्द्र पारि सुन्दर ठाँउ छ एउटा/
त्यसै ठाँउमा मेरो मायाको गाँउ छ एउटा//

फूल झैँ फुल्दा बैंस पिरती बस्यो त्यो गाँउमा,
हरेक पल जप्ने माया कै नाँउ छ एउटा//

सम्झी एक्लै मुस्काएँ डाकेर नाउ त्यो मायाको,
मेरो शिर झुक्ने यो जुनीमा पाउ छ एउटा//

भयो तृष्णा अपुरो कोमल त्यो पाउ पुज्ने ,
मेरो चाहना रेट्ने गरिबी दाउ छ एउटा//

लाग्यो झाट्टी दाउको घाईते भएँ आधा पिल्टो,
अझै मझेरी छाती ताजा त्यो घाउ छ एउटा//

कल्पना राई
दोलखा नेपाल
हाल-दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com