त्यो रात त्यहि बसियो बिहान ४ बजे उठेर धारा मा गएर हात मुख धोएर झापा हिड्न को लागि तयारी भयो । निरु लाइ अघाडी लगाए अनि २ मिनट पछि म पनि हिडे ।
त्यहाँ एउटा घटना भयो निरु ले छाडेको पत्र को आधार मा उनको घर बाट बाबा ले गाउ का ८/१० जना केटा हरु लाई लिएर आएका रहेछन अनि उनको ठुलो मम्मी (माथ्लो घर ) ले पनि हामी त्यहाँ बस्दा शंका लगेर राति नै चल गरेर उनि हरु डिउटी लगेर बसेका रहेछन ।
जब हामी त्यहाँ बाट निस्कयौ निरु भन्दा २ मिनट पछि म निस्किए । म जादै गर्दा निरु लाइ उनका बाबा हरु ले फर्काएर ल्याहुदै थिए । मलाई केहि पनि भनेनन सरासर उनलाई लिएर हामी बसेको घर देखि माथ्लो घर (ठुलो मम्मी ) मा राखेछन । पछि मेरो साथी भेषराज पनि आए म बाटोमा बसिरहेको थिए । भेषराज ले मलाई सोधे --- के भयो / खोइ त निरु?
उनलाई उसका बाबा ले फर्काएर लगे अहिले । ८/१० जना गाउका केटा हरु पनि थिए । मैले यति भने पछि हामी दुवै जना बस पार्क तिर लाग्यौ । बस पार्क पुग्दा मेरो घर बाट यादब (काइला दाई ) दाई भिनाजु अनि नवराज दाई पनि राति नै उनीहरु आएको थाहा पाएर तेता आएका रहेछन । अनि उनीहरु लाइ सबै कुरा बताएँ मैले । तेस्पछी हामी त्यहाँ नजिकै रहेको ट्राफिक चौकी मा गएर सबै कुरा बतायौ अनि त्यहाँ बाट १ जना
प्रहरी पनि साथ मा लिएर हामी फेरी निरु लाइ राखेको घर तिर लाग्यौ ।
उनलाई कोठा मा लुकाइ सकेका रहेछन । निरु को बाबा ले यहाँ नमिल्ने सिडियो कार्यालय जाने भने पछि हामी सबै जना सिडियो कार्यालय तिर लाग्यौ । उनीहरु पछि को गाडी मा आए हामी अघाडी को गाडी मा थियौ । ११ बजे देखि ४ बजे सम्म सिडियो कार्यालय मा बस्दा पनि उनीहरु आएनन । त्यसपछी सबै कुरा प्रहरी लाइ बताएर अनि हामी घर तिर लाग्यौ ।
दिनहरु बित्दै गए पछि उनीलाई उनको मामाल मा राखेका रहेछन त्यो कुरा मैले पत्ता लगाए । १ हप्ता पछी म उनलाई भेट्न भनेर उनको मामाल घर छेउ को पसल मा गए अनि उनलाई बोलाउन लगाए । तर उनि आइनन भेट गर्न चाहिनन खै किन्न हो कुन्नि कति चाडै परिबर्तन भैछिन उनि । यस्तै गर्दा गर्दै हप्ता महिना बिते तर उनले कुनै प्रतिउत्तर दिईनन .
पानि बिना को माछा जस्तै भए दिनदिनै तड्पिनु बाहेक अरु कुनैउपाय थिएन म संग । यस्तै दिन हरु बित्दै गए १ साल पछि उनि अर्कै संग हिडीछिन । अब म संग कुनै कसर बाकि रहेन उनलाई पाउने तड्पिएर बाच्नु बाहेक । आखिर मेरो घर बाट बिबाह गर्ने कुरा चल्न थाल्यो | उनि पनि अर्कैकी भै सकिन मेरो बिबाह को कुरा चलाउन थालियो र इलाम जिल्ला को घुर्मिसे पंचमी बाट मेरो बिबाह भयो ।
अहिले उनि पनि आफ्नै दुनिया मा रमाउदै छिन । म पनि आफ्नै परिवार संग हासी खुसि जीवन बिताउदै छु । येस्तै त रहेछ निस्ठुरी को याद कहिले काही आहुदो रहेछ । छाडी गए पनि पहिलो प्रेम सारै याद आई रहदो रहेछ । ................ निस्ठुरी ले छाडेर गइ हाली ,,, हेर्दा हेर्दै अर्कै कि भै हाली ,, एक्लो पारेर हो माया मारेर ssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssss.......... कथा समाप्त :
कसैको वास्तविक जीवन संग मेल खान गएमा संयोग मात्र हुनेछ ।

निर्मल रायमाझी सेतिपानी, झापा नेपाल :
( हाल साउदी अरेवीया मरु भुमि बाट )