गजल I



जोस हिजोको छैन साथी/
होस हिजोको छैन साथी//

दुख्छ हृदय आनायासै,
दोस हिजोको छैन साथी//

देह गलेर भयो पानी,
ठोस हिजोको छैन साथी//

जल्दा मन यो सितल त्यो,
ओस हिजोको छैन साथी//

पुग्छु क्यार अब चिहान ,
कोस हिजोको छैन साथी//

कल्पना राई
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com