कुनै बेला गुलियो थ्यो सख्खर जस्तो जिन्दगी यो
आजभोली रिङ्ग्याउने चक्कर जस्तो जिन्दगी यो
देख्छु पर क्षितिजमा लक्ष्य मेरो झुण्डेको छ
भेट्छु भनि हिड्दा लाग्ने ठक्कर जस्तो जिन्दगी यो
मित्रताको आँचल् थाप्दै हातेमालो गर्न खोज्दा
शत्रुतामा जोड दिने टक्कर जस्तो जिन्दगी यो
हिरा मोती भन्छन् जीवन् संगालेर राख्नुपर्छ
के नै छ र मूल्य मेरो? पत्कर जस्तो जिन्दगी यो
श्रम गर्छु,सीप भर्छु,अभावमा गल्दै गा'छु
छाँया विना डढ्ने घाम्को प्रखर जस्तो जिन्दगी यो
राजेश रुम्बा लामा 'अतृप्त'