कविता - कम्जोर छैन I



मन किन यति कम्जोर छ?
कसैको एक शब्दले पनि आँशु झर्छ/
किन झर्छ आँशु व्यर्थै?....
सायद आशुको मूल्य
आखाँलाई थाहा छैन/

बग्यो आशु भेल झारी,
आज तिम्रो कारण/
लाएको छैन माया तिमी संग,
देखेको छैन सपना कुनै तिमी संग,
मात्र,
आत्मियता खोज्छ/
तिमी संग,
केहि पलको बाच्ने साहारा खोज्छ/
मित्रता खोज्छ/
बस्........

नदुखाउ मुटु मेरो घायल छु/
अनगिन्ति प्रहारले बिसत्तै कायल छु/
सक्छौ त मलम लगाउ/
दुखेको छातीमा,
उग्रगतिमा चलेको,
यो धड्कनमा सान्त्वना छर्क/
बिन्ति छ/
बिष होईन/
मन रोगी छु/
मन मेरो कम्जोर छ/
भुवा जस्तो,
पग्ली जाने खुवा जस्तो,
नदुखाउ मन,
पग्ली दिन्छु/
हिम को ढिस्को पग्लिए झैँ,...
बगी दिन्छु/
नयन द्वार हुदै,
आफ्नो धार खोज्दै,
तप-तप चुहिदिन्छु/
चीउडोको भिर बाट,..
बिशाल हृदय माथी,
ढुक-ढुकिको छाल माथी,
अदृश्य व्यथामा कम्पित,
मुटु माथी,
तिम्रा बचनले पोलेको छाती माथी,
जल्दै गरेको गोल माथी,
चट्टट....गर्ने छ/
जब,...
अश्रु सागर उर्लन्छ/
जलिरहेको मुटु माथी,
बचनको प्रहार लागेको मुटु माथी,
पक्कै थोरै सेलाउने छ/
त्यहि सागरको छाल ले,
चिसिदै जानेछ,..
मुटु/
धड्कन कम हुनेछ/
आत्मा शान्त हुनेछ/
टोलाउनेछु/
चारैतिर सन्नाटा हुनेछ/
उजाड लाग्नेछ/
मरुभूमिको रेतमा,
संसार उडेको भान हुनेछ/
फेरी,....

अनौठो चित्कारले बिउताउनेछ/
सम्झने छु,तिमी...
देख्ने छु तिमी,
गंगा सागरमा,
मन सागरमा,
भावनाको शिखरमा,
कल्पनाको मन्दिरमा,
........क्रमश:
झल्लास हुनेछु/
तर्सनेछु/

जब,...
प्रवाहित हुन्छ/
तिम्रा बाण रुपी शब्दहरु,..
कर्ण द्वारमा,..
चिच्याउदै ,
भन्नेछु /
भयो,...
नआउ तिमी,...
चाहिदैन तिमी,...
एक्लै बाच्नेछु/
अहँ/...
भयो चाहिदैन तिमी,...
म कम्जोर छैन/....

कल्पना राई
दोलखा नेपाल
हाल-दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com