दुर्गम क्षेत्रमा म्याद सकिएको दबाई I

पर्वत , अषाढ ३ ,

जिल्ला स्वास्थ्य कार्यालयले गाउँका उपस्वास्थ्यचौकीमा म्याद सकिएका औषधि पठाएको पाइएको छ । दक्षिणमा पर्ने भोर्ले उपस्वास्थ्यचौकीमा कार्यालयले म्याद सकिएका औषधि पठाएको स्थानीयले बताएका छन् ।

गाउँ स्वास्थ्य समितिले औषधिको पोको खोल्दा ७ थरीका औषधि प्रयोग गर्ने समय कटेको अवस्थामा फेला परेको समितिका सदस्य तोया भुसालले बताए । भुसालका अनुसार लिगनेट, एमोक्सीलिन, सिप्रोमेक्स, जिङ्क, एमोक्सीलिङ सुप्रामोक्स, मेट्रोनाइजोल र अर्थाडिन औषधि म्याद सकिएको अवस्थामा भेटिएको हो । दैनिक प्रयोगमा आउने धेरैजसो औषधि वैशाखमै म्याद सकिएको पाइएको छ ।

'गाउंँमा समयावधि सकिएको औषधि पठाएर कार्यालयले जनताको स्वास्थ्यमाथि खेलबाड गरेको छ,' उनले भने, 'त्यही भएर कसैलाई केही भएमा त्यसको जिम्मेवारी कार्यालयले लिनुपर्छ ।'

उपस्वास्थ्यचौकीमा पुगेको औषधि खोल्दा समय सकिएको पाइएकाले वितरण गर्न रोक लगाइएको भुसालले बताए । औषधि उपलब्ध गराउने ठेकेदारले म्याद सकिन लागेका औषधि दिने र कार्यालयले गाउँमा पठाउँदासमेत ढिलाइ हुने गरेकाले अधिकांश स्वास्थ्य संस्थामा म्याद सकिएपछि औषधि पुग्ने गरेको छ । इकान्तिपुर:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com