आज भन्दा भोली गन्दा जिबन गल्यो
झूठो बोली घोली घोली किन टारी दियौ !!
सुगन्धको आगमन भनी सुङ्गथ्यौ
फक्रिनै नपाई कोपिलामै किन झारी दियौ !!
मायाको परीधिमा नै अटाउन खोजे
मनको सिमामा किन बार बारी दियौ !!
मुटु खेल्ने जुवाडे रछौ मनै हारी दियौ
सँगै हिंडे जस्तो गरी एक्लै पारी दियौ !!
हृदयमा लहरियौ,भरोसा पलायो
फुल भन्दै छाती भरी काँडा सारी दियौ !!
काउकुती लाग्ने गथ्र्यो टाढै बाट देख्दा पनि
तिमी पनि दिन रात नजिक हुदै आए पछि !!
बोलु जस्तो लाग्या थियो तिमीलाई देखे पछि
छोउकी कतै लाग्या थियो तिमी वर आए पछि !!
ढोका सामु तिमी एक्लै उभिएर हास्दा खेरि
पग्लेथे म पनि तिम्रो दिलको राप पाए पछि !!
थाकिन्न रैछ कहिल्यै उकोलो चढ्दा पनि
पीरतिमा त अहो ! चिप्लेर लडदा पनि !!!
राधा र कृष्णकोझैँ संयोग–वियोग हो माया
चुलिन्छ यो त झन्झन् दुरी नै बढे पनि !!!
निर्मल रायमाझी झापा नेपाल
(साउदी को मरुभूमि बाट )