युगल गीत I




केटा: ए कान्छी तिम्रो त्यो अधरै राम्रो ....
केटी: भो कान्छा तिम्रो त्यो नजरै राम्रो .........

केटा:
जिउडाल हेर्दा लोभै लाग्दो शिर सुन्दर हिम झैं
रित्याएर आफ्नो संसार तिमिलाई नै दिम झैँ
केटी :
कोमल रहेछ त्यो दिल तिम्रो उस्तै मोहनी बोली
मलाई पनि दिम झैं लाग्यो सारा दिल खोली

केटा:
यो मन मात्रै कोमल होइन ढुंगा पनि गल्छ होला
तिम्रो रुप रंग देखि लाली गुराँश जल्छ होला
केटी:
हेर्ने नजर सुन्दर भए पत्थर पनि नरम लाग्छ
धेरै बयान नगर्नु भो आफै देखि सरम लाग्छ

केटा: ए कान्छी तिम्रो त्यो अधरै राम्रो..........
केटी: भो कान्छा तिम्रो त्यो नजरै राम्रो ..........
केटा; ए कान्छी.........
केटी: भो कान्छा...............

राजेश रुम्बा लामा 'अतृप्त'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com