मुक्तक I



१.
अँजुलीको पानी जस्तै रोकिदैँन समय यो
छोप्न खोज जतिसुकै छेकिदैँन समय यो !
जता जता लतार्दैछ,लतारिनु पर्ने उतै-
अनवरत चलिरन्छ,देखिदैँन यो समय !!

२.
दौडदैँछु सधैंभरि पुग्नु छैन कतै
चल्छु एक्लै स्वतन्त्रभैँ रुक्नु छैन कतै !
आफ्नै सुर आफ्नै ताल मनमौजी रहर -
उड्दै छु बादल बनी लुक्नु छैन कतै !!

३.
मायाको चिनो सम्हाली दिनु म फर्की आउँला
देउराली भाकी मिलनको गीत म फेरि गाउँला!
हे मेरा प्यारा तिमी नै सारा जीवनको आधार -
बिश्वास राखी पर्खेर बस चोखो प्रीत लाउँला!!
४.
भाबिले हो कि बनायो आज दुइ खोलि किनार
रुनु र हाँस्नु जीवनको रित नमान्नु झिजर
मुरली धुन चाँदनी जून लिएर झरौला
तिमीले पनि बुझेनौ भने बुझ्ने पो को छ र ??

भगवती बस्नेत :
काठमाण्डौं, हाल इज़रायल :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com