'गजल' I



तिमी मेरो हुनै पर्छ त्यस्तो कुनै कर छैन
बुझेकोछु तिम्रो निम्ती त्यस्तो कुनै वर छैन

आँधीबेरी यस्तो चल्यो मनको छानो उडायो
उजाड् मेरो मन् छाउने यहाँ कुनै खर छैन

भाको एउटा मन् पनि छिद्रै छिद्र पार्‍यौ नै
किन बस्नु यहाँ अब जहाँ मेरो घर छैन

दुई जिब्रे रैछ बानी जता पनि लस्किने
सबैतिर ठिक्क पार्ने तिम्रो कुनै भर छैन

एक्लै जन्मे एक्लै मर्छु जिन्दगीको रीत यस्तै
बाँचुन्जेल एक्लै बस्छु,मलाई कुनै डर छैन

राजेश रुम्बा लामा 'अतृप्त'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com