लेख्नु थियो प्रेमको कथा, जीवन उकालोमा थियो !
कै'ले जीवन सम्म टारमा, कै'ले भिरालोमा थियो!
ति प्रेमीका आँखाभित्र ,चाहानाको दीप बल्थ्यो!
दिन होस् या रात नै होस्, जीवन उज्यालोमा थियो!
दुई मुटु रेटिएको खबर ल्यायो बतासले !
लाजले होला, बतास पनि बाक्लो तुवाँलोमा थियो
प्रेमको हत्या गर्नेहरू,एउटा जवाफ दिएर जाऊ !
चिहानमुनि दुइटा कंकाल, किन अँगालोमा थियो?
मीरा थापा
माइधार /झापा
हाल इजराएल