अस्पताल लाने साधन नहुँदा एक सुत्केरीको मृत्यु I

जाजरकोटको थालारैकर–३,

डाँडापाडामा सुत्केरी हुन नसकेर एकजना महिलाको मृत्यु भएको छ । थालारैकर–३ डाँडापाडाका २४ वर्षका विनी नेपालीको सुत्केरी हुन नसक्दा ज्यान गएको हो ।

दुई दिन अगाडीबाट सुत्केरी व्यथा लागेको नेपालीलाई अस्पताल लैजाने घरमा कोही पनि नभएकाले ज्यान गएको स्थानीय पूर्णबहादुर खत्रीले बताउनुभयो । नेपालीका श्रीमान् मजदुरी गर्न भारतको कालापहाड गएका छन् । थालारैकरबाट अस्पताल जान दुई दिनको पैदल हिँडेर जानुपर्ने भएकाले पनि नेपालीको मृत्यु भएको हो । राजेन्द्र शाही,

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com