सुनिता राइ (यसीन)
बिचल्लीमा छ आज मेरो देशको हालत हेर्न सकिन,,
विवसता कस्तो यो मातृ भूमीको मुहार फेर्न सकिन ,,
त्यो निस्सासिँदो चीर कालो अन्धकार चिर्न सकिन,,
तिम्रै भो देशको जिम्मा नेता भनि त्यसै फिर्न सकिन,,
प्रतिक्षामा सुधारको बसे संधै तर अत्याचार भिर्न सकिन,,
रोइ रहेछिन मातृ-भूमी मैले त्यो आँशुको मोल तिर्न सकिन,,
शक्तिमाथि शक्ति, त्यहि शक्तिको गर्छन भक्ति चिन्न सकिन,,
लाचार छु म पिल्सिएर मेरो अधिकार यो लेउ भनि छिन्न सकिन,,
तिमीले जस्तो महँगो विलासिता अभाव सँग मैले कतै साट्न सकिन ,,
गरीबको आँशु पुस्ने बहानामा चाहना माथि तान्डव गरि ढाट्न सकिन,,
स्वाभिमान बेची आफ्नै तिमीले जस्तो बेसहाराको बेसा खान सकिन,,
जनताको खुशीमा ढुसी पारि च्याउको चटनी जिब्रोमा कतै चेप्न सकिन,,
कति गरौ बिलौन विस्मातको बिस्कुनसरि कति सुके फेरी गर्न सकिन,,
रोदन, क्रन्दन रैतीका मिठा भजनसरि भो तिमीलाई म अब हेर्न सकिन ,,
जागौं हामी सबै चेतनाको ज्योति बालि ज्यादतिको ज्यत्रो जरै देखि फाल्नुछ,,
अधिकार लिई अफ्नो ती अभिस्टताको पराकाष्टलाई हराई यहाँ हामीले ढाल्नुछ,,