केशरबहादुर तथा कला कार्कीकी प्रथम सुपुत्रीका रूपमा शर्मिलाको जन्म ६ अक्टोबरका दिन खोटाङको हौंचुर गा.वि.स. मा भएको हो। त्रि.वि. बाट मानवशास्त्रमा स्नातकोत्तर तथा स्वीडेनको युनिभर्सिटिज अफ लिउलोबाट वुमन इन म्यानेजमेन्टमा डिप्लोमा गरेकी कार्कीले नर्थन आयरल्यान्डको युनिभर्सिटिज अफ अलस्टरबाट कन्पिm्लक्ट टान्सफरमेसन एण्ड पिस विल्डिङ कोर्स पनि गरेकी छिन्।
१८ वर्षदेखि निरन्तर महिला अधिकार, मानव अधिकार तथा सामाजिक न्यायका लागि कार्यरत कार्कीको करियर मास्टर्सको थेसिस गर्ने क्रममा लेले, टीकाभैरव, भट्टेडाँडालगायतका ग्रामीण क्षेत्रका महिलाको अवस्था देखेपछि यो क्षेत्रमा दत्तचित्त भएर अगाडि बढ्न थाल्यो। त्यसपछि सिडब्ल्युडी -महिलाका लागि पहिलो अर्गनाइजेसन) मार्फत् शर्मिलाले ग्रामीण क्षेत्रमा महिलाका लागि काम गर्न थालिन्। ३ वर्ष काम गरेपछि उनले घरेलु बालबालिका तथा महिलाका क्षेत्रमा काम गर्नका लागि सिविस नामक संस्था स्थापना गरिन्। त्यसपछिको उनको समय टेवामा बित्न थाल्यो संस्थापक सदस्यका रूपमा। टेवामा उनी सचिवसम्मको पदमा पुग्न सफल भइन्।
पुरुषहरू शत्रु होइनन्, पुरुषवाद शत्रु हो भन्ने सिद्धान्तकी पक्षधर कार्कीले आफ्ना श्रीमान्को प्रेरणाले सन् २००२ मा जागरण नेपाल नामक संस्था स्थापना गरिन्। नीतिगत तहमा महिला हुनुपर्ने, राजनीतिमा महिला सहभागिता बढाउने माग राख्दै उनीहरूको क्षमता अभिवृद्धि गर्ने कामलाई निरन्तरता दिँदै आइरहेकी कार्की अन्तर्राष्ट्रिय रूपमा जीक्याप, जेएसएपीएमडीडीमा बोर्ड मेम्बर, ग्लोबल सिनर्जी अवार्ड मेम्बर, वुमन इन म्यानेजमेन्ट क्लब स्वीडेन, फेमेनिस्ट टास्क फोर्स ग्रुप अमेरिकाको मेम्बर, अक्सफोर्ड युनिभर्सिटीअन्तर्गतको लेडी मार्गरेट हल वुमन्स कलेजको जेन्डर फोकल ग्रुपको मेम्बर, इन्टरनेसनल वुमेन्स अर्गनाइजेसनकी मेम्बर छिन्। उनी गैरसरकारी संस्था महासंघकी प्रथम निर्वाचित महिला महासचिव पनि हुन्।
अहिले कत्तिको व्यस्त हुनुहुन्छ
अत्यन्तै व्यस्त छु। आफ्नै संस्थाभित्र, महिला अधिकार अग्रणी क्षेत्रमा र गैसस महासंघको कामले गर्दा व्यस्तता बढिरहेकै छ।
हालै सोह्र दिने अभियान तथा महिला दिवस सकियो, उपलब्धि कस्तो रह्यो
पहिले भन्दा राम्रो बाटोमा गएको छ। यो क्षेत्रप्रति सञ्चारमाध्यमको चासो बढेको छ। गैसस तथा राजनीति क्षेत्र पनि संवेदनशील बनेको छ। मुद्दाप्रति चासो बढ्नु उपलब्धि हो भने यति हुँदाहुँदै पनि महिलाका विषयमा कार्यान्वयनको पाटो फितलो छ।
नेपाली महिलाका लागि आफ्नो पहलबाट प्राप्त सबैभन्दा ठूलो उपलब्धि
म आफैं पनि ग्रामीण क्षेत्रबाट आएर गैससको महासचिवका रूपमा आफूलाई उभ्याउन तथा महिलालाई राजनीतिमा सहभागी गराउन जुन पहल गरें त्यसको परिणाम स्पष्ट छ। त्यही नै सबैभन्दा ठूलो उपलब्धि हो भन्ने लाग्छ।
राजनीतिमा महिला सहभागिता त बढ्यो तर अपेक्षित परिणाम आएन भन्ने सुनिन्छ नि
म यसमा सहमत छु। सहभागिता ठूलो कुरा होइन अब हामी गुणात्मक सहभागिता बढाउने काममा अघि बढ्नेछौं।
राजनीतिक क्षेत्रमा महिला सहभागिता बढे पनि निणर्ायक तहमा महिला पुग्न नसक्नुका कारणहरू के होलान्
मैले गैसस महासंघमा काम गरेको १० वर्ष पुग्यो। मैले ३ कार्यकाल चुनाव लडेेकी छु, निरन्तरता दिइरहेकी छु तर प्रायः महिला आफैंले पनि कार्यमा निरन्तरता दिने वातावरण बनाउनेतिर लाग्दैनन्। महिलालाई नेतृत्वका रूपमा स्वीकार गर्न हिच्किचाहट छ, परिवारभित्र सहयोगी वातावरण छैन। अर्को कुरा महिला स्वयंले साहस नगरेका कारण निणर्ायक तहमा पुग्न गाह्रो छ।
महिला सभासद्हरूलाई तपाईंको पहलमा दिइएको कम्प्युटर तालिम तथा अंग्रेजी भाषा कक्षा कत्तिको प्रभावकारी रह्यो
एकदमै प्रभावकारी रह्यो। करिब ३० जना महिला नेतृ, सांसदहरू यसबाट प्रभावकारी ज्ञान र शिक्षा लिन सफल भए। त्यति मात्र नभएर जागरणमार्फत् माइन्युट कसरी लेख्ने ? कसरी भाषण गर्ने आदि विषयमा पनि नेतृत्वदायी तालिम पनि दिइयो।
महिला सशक्तिकरणको सूचक केलाई मान्नुहुन्छ
पहिलो आफ्ना मुद्दा पहिचान गर्न सक्ने क्षमता, त्यस विषयमा प्रशस्त ज्ञान, सम्बन्धित क्षेत्रमा निरन्तरता तथा नयाँ चुनौतीलाई स्वीकार गर्ने आँट र मूलधारमा आउन सक्ने क्षमता राख्नु आदिलाई।
राजनीतिमा जति पनि महिलाको सहभागिता छ यति नै सन्तोषजनक छ र
होइन, तर यसलाई कसरी हेनुपर्छ भने नेपालमा ०४६ सालमा प्रजातन्त्र आयो र यो छोटो अवधिमा पनि यति धेरै अधिकार हामीले प्रयोग गर्न पाएका छौं, त्यही नै ठूलो उपलब्धि हो।
अबको महिला मुद्दा के कुरामा केन्दि्रत हुनुपर्ला
संविधानमै महिलाका समग्र अधिकार स्थापित गर्नुपर्छ। त्यसका अतिरिक्त महिलाका विषयमा भएका कानुनको कार्यान्वयन गर्ने। अर्को कुरा महिलालाई आर्थिक सशक्तिकरणमा कसरी लाने भन्नेतर्फ केन्दि्रत हुनुपर्छ।
महिला अधिकारका क्षेत्रमा काम गर्दा पाएको सबैभन्दा ठूलो कम्प्िलमेन्ट
मैले पाएको सबैभन्दा ठूलो कम्प्िलमेन्ट भनेकै म आफूलाई पूर्ण मानवका रूपमा पाउँछु। त्यसबाहेक म जो महिलासँग काम गर्छु मेरो कामले उनीहरूको मुहारमा आएको हाँसो नै सबैभन्दा ठूलो कम्प्िलमेन्ट हो।
महिलामा भएको पुरुष मानसिकतालाई कसरी हटाउन सकिएला
यो शक्ति संरचनाको कुरा हो, त्यसलाई हटाउन नैतिक तथा सामाजिक दबाब तथा कन्भिन्सिङ पावर प्रयोग गर्नुपर्छ।
पुरुषलाई पनि महिला मुद्दामा संवेदनशील बनाउन के कुराको आवश्यकता महसुस गर्नुहुन्छ
फराकिलो सोच लिएर अघि बढ्नुपर्छ। महिलाले भनेजस्तो होइन रणनीतिक ढंगले जिम्मेवार महसुस गराउनुपर्छ। सञ्चार माध्यममा पुरुषले महिलाका लागि गरेका राम्रा काम आउनुपर्छ। सरकारले जेन्डर प|mेन्डली तथा परिवार फोकस कार्यक्रम ल्याउनुपर्छ।
महिलाले गर्न सक्ने त्यो काम जुन पुरुषद्वारा असम्भव छ
बच्चा जन्माउने काम तर त्यहाँ पुरुषको सहभागिता अनिवार्य छ। स्तनपान गराउने काम पक्कै पनि पुरुषका लागि असम्भव होला।
महिलाको समग्र अवस्थालाई परिवर्तन गर्न एकजना पुरुष सहकर्मी छान्ने अवसर पाउनुभयो भने कसलाई रोज्नुहुन्छ
जो न्याय, लैङ्गकि मुद्दा र अधिकारप्रति संवेदनशील छ।
भगवान्प्रति विश्वास गर्नुहुन्छ भने नेपाली महिलाका लागि के कामना गर्नुहुन्छ
कुनै पनि बखत आफ्नो अस्तित्व जोगाएर पूर्ण मानवका रूपमा बाँच्न पाऊन्।
संसारमा महिलाका लागि भएका उल्लेखनीय काम
सिड नामक अन्तर्राष्ट्रिय महासन्धिको अनुमोदन, महिलाका लागि मात्र काम गर्ने अभियान ...।
नेपाली महिलाको समग्र विकासका लागि के आवश्यकता छ
शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक एवं राजनीतिक अधिकार सम्पन्न हुनुपर्छ।
तपाईंलाई मन पर्ने शब्द
सशक्तिकरण।
बिहानीको सुरुवात के केबाट गर्नुहुन्छ
सबैभन्दा पहिले रेडियोमा संगीत सुन्छु र त्यसपछि समाचारबाट दिनको सुरुवात गर्छु।
महिला भएर जन्मिएकोमा कस्तो लाग्छ
महिला भएर जन्मिदैमा सबै महिलाले भोगेको जस्तो जीवन भोग्नुपर्छ भन्ने छैन। मैले पूर्णरूपमा मानव जीवन भोग्न पाउँदा गौरव छ आफू महिला भएकोमा।
मन पर्ने पहिरन, संगीत र खाना
पहिरनमा साडी-चोलो, संगीतमा पुराना सदाबहार गीत मन पर्छन् भने खानामा आलु-प्याज टमाटर एवं गुन्द्रुकको झोलसँग भात।
तपाईंको परिभाषामा प्रेम र जीवन भनेको के हो
जीवन मौका हो। यसको भरपुर प्रयोग गर्नुपर्छ। यसको एक्सप्लोइटेसन गर्नु हुँदैन, एन्जोयमेन्ट गर्नुपर्छ। प्रेम भनेको आकर्षण रहेछ तर त्यो आकर्षणमा सम्मान हुन्छ।
श्रीमान्बाट के कुराको अपेक्षा रहन्छ
वर्षमा ३ महिनाभन्दा बढी सँगै बसिँदैन तर दैनिक ५ पटकभन्दा बढी कुरा हुन्छ। त्यसैले उहाँसँग टाइमली कम्युनिकेसन र विश्वासको सधैं अपेक्षा रहन्छ।
तपाइर्ंको सबैभन्दा ठूलो पुँजी
मलाई सबैले माया र विश्वास गर्छन्। त्यसबाहेक मेरो स्वास्थ्य, १५ वर्षदेखि मलाई ज्वरो पनि आएको छैन।
महिलाका लागि सुन्दरता कत्तिको आवश्यक छ
महिला मात्र होइन हरेक मान्छे सुन्दर हुनु जरुरी छ।
लिक्ष्मी भ०८ारी थापा
स्रोत-नारी :