चैत्र-१६,
आफ्नो लगन तथा परिश्रमबाट जसले प्रशंसा प्राप्त गर्छन् ती वास्तवमै भाग्यमानी हुन्। यद्यपि भाग्यमा छ भन्दैमा डोकोमा दूध दुहेर चाहिँ हुँदैन। एकचित्त भएर कर्ममा लागेपछि मात्र सफलताको स्वाद चाख्न पाइन्छ। जसले अल्छी गरेर यात्रालाई बीचमै बिट मार्छन् उनीहरू जीवनमा कहिल्यै सफल हुन सक्दैनन्। हुन पनि नेपालमा जन्मी अनेकौं अभाव झेलेर पनि हिलोको कमलझैं मीठो वासना छर्दै फुल्नु सामान्य काम होइन।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नाम कमाउनु चानचुने कुरा होइन। आफ्नो लगन तथा परिश्रमबाट जसले प्रशंसा प्राप्त गर्छन् ती वास्तवमै भाग्यमानी हुन्। यद्यपि भाग्यमा छ भन्दैमा डोकोमा दूध दुहेर चाहिँ हुँदैन। एकचित्त भएर कर्ममा लागेपछि मात्र सफलताको स्वाद चाख्न पाइन्छ। जसले अल्छी गरेर यात्रालाई बीचमै बिट मार्छन् उनीहरू जीवनमा कहिल्यै सफल हुन सक्दैनन्। हुन पनि नेपालमा जन्मी अनेकौं अभाव झेलेर पनि हिलोको कमलझैं मीठो वासना छर्दै फुल्नु सामान्य काम होइन।
आर्मिलाले देशमै पहिलो पटक पानी तथा तरल पदार्थको गुणस्तर जाँच्ने उपकरणको आविष्कार गरेकी छिन्। त्रिवि रसायन शास्त्रकी छात्रा आर्मिला राजभण्डारी न्याचोन तीन वर्षे विद्याावरिधिका क्रममा यस्तो उपकरण बनाउन सफल भएकी हुन्। उनले बनाएको उपकरणले कुनै पनि तरल पदार्थमा रासायनिक तत्व विश्लेषण तथा परिमाण निर्धारण गर्न सकिन्छ। उक्त उपकरण जापानको टोकियो इन्स्िटच्युट अफ टेक्नोलोजीले समेत पास गरिसकेको छ। पाटन संयुक्त कलेजबाट बीएस्सी उत्तीर्ण आर्मिला सरल तथा शालीन व्यक्तित्वका रूपमा सुपरिचित छिन् । सुरु गरेको कुनै पनि कामलाई परिणामसम्म पुर्याउने स्वभावका कारण उनी यो सफलताको हकदार बनेकी हुन्। उनी आपmनो सफलताको श्रेय परिवारलाई दिन्छिन्।
त्यसैगरी खाऊँ खाऊँ र लाऊँ लाऊँको उमेरमा आफूलाई सामाजिक सेवामा होम्ने मेधाको सफलता तथा सेवामुखी भावना पनि उत्तिकै प्रशंसायोग्य छ। सानैदेखि समाज सेवा गर्न रुचाउने हक्की स्वभावकी मेधा शर्माको सानै उमेरमा प्राप्त उपलब्धि हाल नेपालीको गौरव बन्न पुगेको छ। हेर्दा सानी तथा आकर्षक व्यक्तित्वकी धनी मेधाले भित्री रूपमा पनि आफू सुन्दर भएको प्रमाणित गरिसकेकी छिन्। पद्मकन्या कलेजबाट वुमन स्टडीमा प्रोस्ट ग्य्राजुएसन गरेकी मेधाले एचआइभीको क्षेत्रमा काम गरेको धेरै भैसकेको छ। विश्वका युवालाई एचआइभी संक्रमणबाट बचाउन तयार गर्न लागिएको नयाँ रणनीतिक योजनाका लागि उनी १० जनामा छानिएकी छिन्। २३ वसन्त पार गरेकी शर्मा आगामी रणनीतिक योजना तयार गर्न एसियाकै युवाको प्रतिनिधित्व हुने गरी छनोटमा परेकी हुन्। एचआइभी संक्रमित क्षेत्रमा कार्यरत यूएन एडले विश्वभरिका ३० ननाघेका ५ हजार युवाबाट शर्मालाई टपटेनमा छानेको हो।
यस्तै लोक गायिका मञ्जु महतले पनि आपmनो मधुर आवाजबाट नेपालीहरूलाई गीत-संगीतप्रति आकषिर्त गरेकी छिन्। बाल्यकालदेखि नै गीत गुनगुनाउन मन पराउने मञ्जुले सांगीतिक क्षेत्रलाई नै करियरका रूपमा चयन गरिन्। बाल्यकालमा उनी विद्यालयस्तरीय लोक सांगीतिक कार्यक्रममा भाग लिन्थिन्। प्रतियोगितामा उत्कृष्ट भएर विभिन्न सम्मान, पदक तथा पुरस्कार हात पार्न सफल महत २०६१ सालमा काठमाडौंमा सम्पन्न राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा उत्कृष्ट प्रथम स्थान प्राप्त गरेपछि राष्ट्रिय चिनारी बनाउन सफल भइन्। हालसम्म उनका ३ वटा लोकदोहोरी एल्बम बजारमा आइसकेका छन् भने उनले तीज गीतलगायत करिब ३० वटा गीतमा स्वर दिइसकेकी छिन्। विशेष गरी स्टेज प्रस्तुतिमा दख्खल राख्ने मञ्जु लोकगीतका लागि तत्काल सिर्जना गर्नुपर्ने मार्मिक शब्दमा सधैं सजग छिन्। हेर्दा र सुन्दा सहज देखिए पनि हरेक ठाउँमा उपयुक्त शब्द सिर्जना गर्नुपर्ने भएकाले यो उत्तिकै जटिल विधा हो।
यसरी आ-आपmना क्षेत्रमा नेपाली महाजातिको गौरव बढाउने कार्यमा दत्तचित्त भएर काम गर्ने नेपाली माटोका स्वनामधन्य चेलीहरूप्रति देशले गर्व गर्ने प्रशस्त ठाउँ छ।
स्रोत-नारी :
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै