महिला उद्यमीद्वारा सेफलाई सम्मान I

काठमाडौ, चैत्र १८,

नेपालका गरिब छात्राको शिक्षामा लगानी गर्न शुक्रबार एक क्षेत्रीय सम्झौता भएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को महिला उद्यमी परिषद्, भारतको सन फाउन्डेसन र नेपालको आसमान नामक महिलाको संगठनबीच सम्झौता भएको हो । सम्झौता अनुसार हरेक वर्ष नेपालका २ सय विपन्न छात्रालाई पढाउन छात्रवृत्ति दिइने भएको हो ।

त्यसमध्ये डेढ सयलाई कम्युटरको एडभान्स तालिम पनि दिइने सन फाउन्डेसनका अध्यक्ष विक्रमजित सहानीले बताए । परिषद् स्थापनाको १ सय २ महिना पुगेको अवसरमा आयोजित एक समारोहमा उक्त सम्झौता भएको थियो । कार्यक्रममा सार्क देशका महिला सेफले बनाएका परिकार राखिएको थियो । उत्कृष्ट बनाउने सेफलाई सम्मान समेत गरिएको थियो ।
इ-कान्तिपुर:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com