परदेशका पीडा (कबिता) I

पर्देशको पीडा (कबिता) I
Posted by Admin on 9:01 AM in साहित्य | 0 comments


सुनिता राइ (यसिन)

पिसिंदै समयको चक्रमा बिबस्तामा च्यापिएर कति रोए,,
बगाएर मनको पीडा आँशु संगै बिना साबुन कति धोए,,

बाध्याताले पर्देसिनु पर्दा घर सम्झी एकान्तमा कति रोए,,
सम्झी सुन्दर भबिस्य बर्तमानको अन्धकारमा कति हराए,,

मरु भुमीमा खुशी खोज्दा भुब्रो ताप संगै तड्पिएर कति रोए,,
स्वाभिमान धितो राखी परिस्थिति संग सम्झौता गर्नु पर्दा कति बिव्हल भयए,,

ती काँडा सरि बचन र दुंगे मन हरु मै माथि बर्सिन्दा शीर झुकाएर कति रोए,,
सिरु झैं जर-खारिएका ज्यादतीले हृदये छेन्द्रियेर कति छिया-छिया भयेर रोए,,

ठिकै छ मेरो हाल अब अरु नसोध्नु-आमा भनि कति रोए,,
लुकाएर पिल्सिएका पीडाहरु हाँसेरै बाबा संग बिदा भये,,

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com