काठमाडौ, चैत्र ११,
महिलामा हुने जस्तै क्रोमोजोम भएका पुरुषहरू यौनका मामिलामा निकै आक्रामक हुन्छन् । त्यस्ता पुरुषहरूलाई आफ्नो यौन भोक शान्त पार्न धेरै कठिनाइ हुन्छ । अध्ययनकर्ताहरूका अनुसार, कम्तीमा मुसामा यो कुरा शत प्रतिशत सत्य प्रमाणित भएको छ । भालेमा मुसामा ।
हार्मोन्स एन्ड बिहेभियर पत्रिकामा प्रकाशित यो अध्ययनबारेको अनुसन्धान वैज्ञानिकहरूले मुसामा गरेका थिए । क्रोमोजोम डिराइबो न्युक्लिक एसिड -डीएनए) को लामो तार जस्तै हुन्छ । मानिसमा २३ जोडी क्रोमोजोम हुन्छ । यसको एउटा सेट प्रत्येक आमाबुवालाई वंशानुगत रुपमा प्राप्त हुन्छ ।
पुरुषमा एउटा एक्स र एउटा वाई क्रोमोजोम भए पनि महिलाहरूमा भने दुइटा एक्स क्रोमोजोम हुन्छ । लिंग थाहा पाउने जिन मानव जाति र अन्य स्तनधारी प्राणीमा एकै खालको हुन्छ । त्यसैले भाले मुसामा गरिएको उक्त अनुसन्धानको परिणाम व्यवहारमा सही हुन सक्ने मानन सकिन्छ । अध्ययन अनुसार, यौनप्रतिको तीव्र लालसा मुख्यतः क्लाइनफेल्टर्स सिन्ड्रोम भएका वा अतिरिक्त एक्स क्रोमोजोम भएका पुरुषहरूमा पाउन सकिन्छ ।
सम्बन्ध मायाले मात्रै टिक्दैन सम्बन्धलाइ लामो समयसम्म कायम राख्न चाहनेहरू तीती व्यक्तिहरूप्रति बढी अनुराग प्रदर्शन गर्ने गर्छन् । जसलाई जति बढी स्नेह दिइन्छ, त्योसँगको सम्बन्ध त्यति लामो समयसम्म टिक्छ भन्ने आम विश्वास हुन्छ । तर, सम्बन्धको दिगोपनमा मायाप्रेम मात्रै जिम्मेवार हुँदैन । यसमा विश्वसनीयताको पनि निकै महत्त्वपूर्ण भूमिका हुन्छ ।
युरोपियन जर्नल अफ पर्सनालिटीमा प्रकाशित यो अध्ययनले सम्बन्धलाई चिरस्थायी बनाउन प्रेमको दाँजोमा विश्वसनीयताले महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने उल्लेख गरेको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै