मोटाइ घटाउन हिँड्नुस् I

काठमाडौ, चैत्र ११,

पैदल हिँड्नुका फाइदा गनेर साद्धे छैनन् । कमजोर भएकाले मर्निङ वाक गरे शारीरिक स्फूर्ति पाउँछन् । फुर्तिलाहरूले पैदल हिँड्ने गरे झन् ज्यान झन् फुर्तिलो हुन्छ ।

त्यसै गरी, दिनहँु एक घन्टा हिँड्ने गरे शरीर मोटाउने जोखिम आधी कम हुन सक्छ । अर्थात्, मोटोपनबाट बच्न निरन्तर रूपमा एक घन्टासम्म घुम्न जानुपर्छ । यसो गर्नाले मोटाइका लागि जिम्मेवार मानिने जिनको सक्रियता ५० प्रतिशतसम्म कम हुन्छ ।

शारीरिक मोटाइको आनुवंशिक सम्भावना भएका १० हजार व्यक्तिमा गरिएको यो अध्ययनको परिणाम हो यो । उक्त अध्ययन हार्वर्ड स्कुल अफ पब्लिक हेल्थ, पोषण शाखाले गरेको हो । अध्ययन परिणाम अनुसार, दिनहँु एक घन्टा हिँड्नाले मोटोपनाको आनुवंशिक सक्रियता कम हुन्छ । बडी मास इन्डेक्सको अन्तर हेरेर यो सहजै थाहा पाउन सकिन्छ । दिनहँु हिँड्नाले बडी मास इन्डेक्स घटेर आधा हुन्छ ।

अनुसन्धान अनुसार, दिनहँु चार घन्टा बसेर टिभी हेर्नेहरूमा मोटाइको आनुवंशिक खतरा ५० प्रतिशतसम्म बढ्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com