जीवनको यो मोडमा आइपुग्दा सम्म कतिओ पटक, यो बाटो हिडिन होली ,,
गाउँ-बेसी गर्दा बर्खा मासमा सिस्ने खोलाको जँघार कसरि तरिन होली ,,
थाप्लोमा नाम्लो, पिठिउमा डोको बोकी भोकै हिडदा कति एक्लै-२ रोइन होली ,,
जीवनको उकाली-ओराली संगै, यो भन्ज्यंग काट्दा आँशुले पीडा कति धोईन् होली,,
सन्तान त छन साथ नहुँदा यतिबेला सम्झी कति रातमा रोइन होली ,,
पल्ला-घरे जेठा परदेशबाट फर्कंदा, मेरो छोरो खोइ भनि सोधिन होली ,,
थकान मेटाउदै दिन-भरको, पिडीमा बसी सुर्यास्त संग वार्तालाभ कति गरिन होली ,,
हात-पाउँ गल्दा मेलो-पात गरि-सम्झिँदै छोरालाई नै खालि पेट कति सुतिन् होली ,,