आफ्नै महाभोजमा सामेल एउटा मान्छे
पैतालामा गडेको पुरानो खिलझैँ
शहरको छातीमाथि सवार
ऊ, वीच सडकमा उभिएको छ
ओढेको छ उसले
हाहाकारभन्दा पहिले फैलिने
चीसो चकमन्नताको मैलो च्यादर
मूर्ति चोरिएको रित्तो मन्दिरको
छुचुन्द्रो जत्तिकै कङ्गाल
एक हुल मानिसहरू
जम्मा भएका छन्
उसको महाभोजमा सामेल हुन
समयको झीरले कुरुप बनाएको
अग्लो मन्दिरको गजुरमा
झुण्डिएको छ
उसको रगताम्य अतीत
---स्---
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै