कबिता:- "ध्वस्त छाती र सांझहरु"
समुन्द्रको किनारमा
हुत्तिन्दै आउने छालहरुसंगै
आधी भिज्दै सधैं सधैं
यी यस्तै: सांझहरु
उ समुन्द्र एक टकले हेरिरहन्छ ।
समुन्द्रको पारी क्षितिज
कत्तै प्रेमिल अवशेष
बांकी छ?
पक्रिन सधैं सधैं
यी यस्तै: सांझहरु
टोलाएर
उ समुन्द्र तिर फर्किरहन्छ ।
जीवन भोगाइको
अनेकन गुनासोहरु
माटो गुमाउँदाको कथा
ग्रिनेट लन्चरले ध्वस्त भएको
छातीको आँशु
यी, यस्तै: सांझहरुमा
समुन्द्रलाई सुनाउदै धुन्छ ।
- दिपा लिम्बू राई ( धरान 10/81 सुनसरी )
हाल: NATO मुख्यालय, बेल्जियम ।