दुई दिनको जिन्दगीमा
- इन्जिनियर राकेश कार्की
दुई दिनको जिन्दगीमा
पर बस्नु छइन
मायालुलाई छोडि म त
कहीँ पनि गइन
जानेहरू सबै भन्छन्
सम्झना आउछ
आफ्नो घर परिवार
आँखामा छाउछ
कस्तो होला त्यस्तो हुँदा
यो मनको चैन
मायालुलाई छोडि म त
कहीँ पनि गइन
फर्किदैन ऋतु जस्तै
मानिसको उमेर
के गर्नु धन जब
मन भित्र बगर
रूदै बल्दै गर्दा गर्दै
निभिजान्छ मैन
मायालुलाई छोडी म त
कहीँ पनि गइन
मार्च २२, २०२१
लस एन्जेलस