कविता - माटो
नदेख्नेले पर बाट आँखा तानेर हेर्न खोजे
उधार्नेले उधारी रहयो
च्यात्नेले च्यातिरहयो
मनोमानी गरेर
देख्नेहरूले नदेखे झैँ गरेर हिँडे
कतिको रहर बन्यो
कतिले वाध्यताले छोडे
मेरो देशको माटो।l
राष्ट्र र राष्ट्रियताको नाममा
हुलका हुल युवाहरूले गरेका
आन्दोलन र जलाईएका विभत्स दृश्यहरू
अकारण मारिएका मान्छेहरू
मेरो देशका गहना हुन सक्दैन्न
बोल्नेहरूले बोल्दै बोलेन्न
म बोलीरहेकोछु कोही सून्नेवाला भेटिएन्न।
आमाको छातीमा लात्ती बजार्ने
कु-पुत्रहरू
स्वास्नी मान्छेमा हैकम जमाउने
नामर्दहरू
पुरूष प्रधान देशका
कु -पुरूषहरू
खोक्रो राजनितिको आडमा
देश र जनता कमाई खाने भाँडो बनाउने
कु -नेताहरू
मेरो देशका गहना भए पछि
आज भोली देश आँखामा दुख्छ,
चसक्क मुटुमा देश दुख्छ
मुना सिग्देल