गजल By, अम्बिका कार्की अमु
गजल -१
नेपाल बन्न्नु अघि भोको पेटको दाना हेर ।
बर्षौंदेखि चुहिएका झुपडीका छाना हेर ।
लडिरहेकाछन् अझै सडकको पेटी -पेटी
कठ्याङ्गगृएका ती चिसा शरीरमा नाना हेर।
ठालुको चाकडी गर्ने यो कस्तो नजिर बस्यो
साच्चै देश फेर्छौ भने अबदेखि साना हेर।
दैनिक किल्ला सार्दैछ बैरीले छोपेर मौका
कुर्सीको मोह त्यागी लुटिएका सीमाना हेर।
मुलुकले शक्ति गुमाएर हरायो तागत
रीत बदल्ने नै भए विदेशीने ताना हेर ।
न्याय न्याय न्याय भनी पीडितछन् उभिएका
सामुन्ने नदेख्ने छन् तिम्रा कानुन काना हेर।
गजल - २
बेदना थियो त्यहाँ रहर मुटु भित्र थियो।
सुकुलमा तन्दा थिएन सिरानी मित्र थियो।
अधुरा रहे गरिबी आकांक्षा तग्दिर सामु
माथी उठ्न नदिने यो संसार विचित्र थियो ।
आएन वसन्त बहार लिदै ती झुपडीमा
भुल्दैन औकात किनकि मन पवित्र थियो।
फकिर र अमिर सुसेल्दैछन् संकेत दिदै
कदापि मान्दैन उ समिपमा चरित्र थियो।
न गास न बास न कपास नै भरपर्दा
तरपनि हृदय संग बिश्वास पित्र थियो।
अम्बिका कार्की अमु
सर्लाही बागमती नपा
हाल चितवन भरतपुर