नयाँ दिल्ली (एजेन्सी) कार्तिक १३,
भारतको एक मात्र महिला प्रधानमन्त्री इन्दिरा गान्धीको आजकै दिन हत्या भएको थियो। उनलाई १९८४ को अक्टुबर ३१ का दिन आफ्नै सुरक्षागार्डले हत्या गरेका थिए। अमृतसरकाे स्वर्ण मन्दिरमा शिखमाथि दमन गरेकाे अाराेपमा उनकाे क्वाटरमा तैनाथ सुरक्षागार्डले घर भित्र गाेली हानेर हत्या गरेका थिए।
पाकिस्तानबाट बंगलादेशलाई अलग गराउन र बैकलाई राष्ट्रियकरण गर्न, भारतलाई परमाणुशक्ति सम्पन्न राष्ट्र बनाउन उनको योगदान मानिन्छ। करिब १६ वर्ष भारतको प्रधानमन्त्री हुँदा उनी इमर्जेन्सी लागु गरेर बदनाम पनि भएकी थिइन्।
भारतका पहिलो प्रधानमन्त्री जवहारलाल नेहरुकी छोरी इन्दिराका जेठा छोरा राजीव गान्धी पनि उनीपछि भारतको प्रधानमन्त्री भएका थिए। राजीवको पनि चुनावी सभालाई सम्बोधन गर्ने क्रममा १९९१ मा हत्या भएको थियो।
उनलाई १३ वर्षको उमेरमै फिरोज खानले प्रेम प्रस्ताव राखेका थिए। त्यति बेला फिरोजको उमेर १६ वर्ष मात्र थियो। पछि उनीसँगै इन्दिराको विवाह भएको थियो।