१-चेलीबेटिहरू बेचिए
चेलीबेटीहरू बेचिए सधैं काममा लगाइदिन्छु भनेर!!
मीठो बोलिले लोभ देखाई भाग्य जगाइदिन्छु भनेर!!
अब तिम्रो रूने दिन गयो भनि, कसम खायो जालीले!!
आफ्नै शीरमाथी हात राखी दुख भगाइदिन्छु भनेर!!
मलाई रूमाल दियो उपहार भनी रोएको बेला आखीर!!
जालमा फसाएरै छाड्यो आंशु पुछ्न सगाईदिन्छु भनेर!
झुटो आस्वासन देखाई बेचेरै छाड्यो शब्जीकै भाउमा!!
तिमीलाई वादलमा बसाली जुनतारा मगाइदिन्छु भनेर!
२, के भाउ हो शरीरको ?
के भाउ हो शरीरको ? भनेर सोध्यो जालीले!!
हातभरी पैसाको मुठो गनेर सोध्यो जालीले!!
संका लाग्दै थियो मनमा उसको चरीत्र देखेर!!
तर निकै नै भलाद्मी बनेर सोध्यो जालीले!!
मेरो आखा अगाडी फुल राख्यो उपहार भनि !!
आखा पछाडि खाल्डो खनेर सोध्यो जालीले!!
बोलिमा निकै मीठास थियो मह जस्तै उसको!!
बदमास रैछ ऊ आवाज बदलेर सोध्यो जालीले!!
केसब थापा
गुलरिया बर्दिया