स्वर्ग जाने बाटो देखाउछु
मेरो गाउंमा आउ स्वर्ग जाने बाटो देखाउछु तिमलाई!!
पुर्खाहरूको रगतले रंगीएको माटो देखाउछु तिमलाई!!
गरीब छु पक्कै तर कुनै चिजको कमी छैन नपत्याय!!
घरमा आऊ च्यात्तिएको लुगाफाटो देखाउछु तिमलाई!!
मैले छातिभित्र नाम लेखेर मेटाइदिए स्वार्थीको,नत्र हेर!
नियालेर मुटुमा उसकै नामको टाटो देखाउछु तिमलाई!
सधै हांसेको मात्रै देख्छौ कुनै दिन कहानी सुन्न आउनु!
मेरो आत्मा रूवाउने पींडाको गाठो देखाउछु तिमलाई!!
२,
पाहुना बनेर आउनु!!
गजल!!
कुनैदिन तिमी पाहुना बनेर आउनु मेरो घरमा!!
जुनिभरी संगै बांच्ने सम्बन्ध बनाउनु मेरो घरमा!!
खुसी बाटौला आंशु साटौला केहि फरक पर्नेछैन!!
देखाएर दुनियाकै अघी हात समाउनु मेरो घरमा!!
यो आगन तिम्रै हुनेछ, मनमा कुनै संका नराखी !!
आफ्नै मान्छेको घर सम्झी सधै धाउनु मेरो घरमा!!
एउटा छुट्टै रंगमन्च बनाउला शत्रुहरूकै सामुन्ने!!
म कम्मर ढल्काउदै नाच्नेछु तिमी गाउनु मेरो घरमा!!
डराउनु पर्दैन कसैसंग म फुल हु तिम्रो बगैचाको!!
तर तिमी भवरा बनेर अधिकार जमाउनु मेरै घरमा!!
३,
झरेको छैन म!
हरीयो डालीमै मुरझाको छु आज तर झरेको छैन म!!
खुनले लतपतिएको छ मेरो शरीर तर मरेको छैन म!!
सास बाकि छ अलिअलि ढुकढुकि चल्दैछ बिस्तारै!!
नलैजाउ घाटमा अझै कालको फेला परको छैन म!!
आत्मा भट्किदै छ आगनमै टाढा हुन नसकेर होला!!
आफ्नैको यादले गाउंघरको नदि पनि तरेको छैन म!!
मलाई तड्पाएर गयौ खाल्डोमुनी चल्न नसक्ने गरी!!
नपत्याय खनेर हेर उहि ठाउँ भित्र कतै सरेको छैन म!!
४,
दाई भनि आज
जसलाई मन पराउथे उसैले दाई भनि आज!!
एकै छिन माया गरौ न भन्दा नाई भनि आज!!
के थाहा उनलाई हुन त म सांडे गोरू नै थिए !!
तर मलाई सोझो देखेर होला गाई भनि आज!!
निकै बैमानी रैछे ,आखिर स्वार्थीले म जस्तो!!
सबैको भलो चाहनेलाई नै कसाई भनि आज!!
उसको अर्कै पो थियो कि मेरो नजर बैमानी!!
धाकधम्कि दिदै केहि वचन मलाई भनि आज!!
मेरो इमान्दारी र सोझोपनको फाइदा उठाएर!!
अर्कैको हातमा हात समाई बाईबाई भनि आज!!
५, गजल
मेरो सोझोपनको फाइदा किन उठाइ बैगुनिले!!
सुनलाई पनि चादिको भाउमा लुटाई बैगुनिले!!
सापलाई दुध पीलाउनु ठुलै गल्ती भएछ मेरो!!
आफ्नैसंग भाडभैलो गरीआज कुटाई बैगुनिले!!
सोझो ईमानदार र नामी नै थिए समाजमा तर!!
मलाई भदनामी बनाउन मान्छे जुटाई बैगुनिले!!
दुनियाको नजरमा फसाएर म जस्तो सोझोलाई!!
इज्जत लुट्यो भनि हातको चुरा फुटाई बैगुनिले!!
केसब थापा
गुलरीया बर्दिया