गजल By, केसब थापा
आफ्नो शरीरको किमत लगाउने साउ खोज्छौ किन!!
कोमल ति अंगहरूको प्रदर्शन गर्ने ठाउं खोज्छौ किन!!
पैसाको नशाले हो कि जवानीको नशाले हो कुन्नी !!
बुझ्नै सकिन अचानो बनेर धारीलो दाउ खोज्छौ किन!!
कुनै औचित्य छैन तिम्रो न त कुनै मोल नै छ बजारमा!!
तिमी फिक्का चादि हौ तर सुनको भाउ खोज्छौ किन!!
पैसाकै पछी लागेर शहरमा जवानी बेचेर आयौ अब!!
आफ्नो इज्जत बचाउनको लागी गाँउ खोज्छौ किन!!
केसब थापा
गुलरिया बर्दिया