गजल By, केसब थापा
केहि पाउनको लागी केहि त्याग्नै पर्छ यहाँ!!
हुदैन मुर्झाएर केही, अब जाग्नै पर्छ यहाँ!!
प्रतिस्पर्धाको जमाना छ रफ्तार बढाउ आफ्नो!!
हुदैन यस्तो धिमी चालले कतै भाग्नै पर्छ यहाँ!!
भाग्यकै भरमा कतिन्जेल सफलता खोज्ने ,अब
चुनौती दिदै निधारको रेखालाई नाग्नै पर्छ यहाँ!!
केसब थापा
गुलरीया बर्दिया