गजल-१,
_ तानेका छन आफ्नैले '
मलाई पागल बनाई घसिट्दै तानेका छन आफ्नैले!!
बौला कुकुर सम्झी ढुङगा मुडा हानेका छन आफ्नैले!!
कसलाई आफ्नो भनु कसलाई पराइ भनु यहाँ ,सधै यी
आशुलाई पानी सम्झी खसाल्न जानेका छन आफ्नैले!!
सोचेको जस्तो रहेनछ यो संसार जाली छ बबाली छ!!
बिना गल्तिकै कैदि बनाई मलाई बानेका छन आफ्नैले!
बुझ्नै सकिन यो खेल समयको हो कि भाग्यको साच्चै
मलाई चावलको कंकड सम्झी छानेका छन आफ्नैले!!
गजल - २
_ आँशु बोक्ने ठाउँ खोज्छु '
रूने नै भय रोउ तिमी आशु बिक्ने ठाउं खोज्छु म!!
यी मोतीका दानालाई सजाउने सुन्दर गाउं खोज्छु म!!
कति किम्ती छ भेट्टाउछौ हर कहानी जीन्दगीको तिमी!!
बारिश गर आशुकै अब आशु किन्ने साउ खोज्छु म!!
रोएरै अमीर बन्दैछु यहाँ आशुको व्यापारी बनेपछी !!
शरीरको हर कुनामा पीडा बल्झाउने घाउ खोज्छु म!!
तिमी हासेर मोल बढाउन खोज्दैछौ आफ्नो समानको
ठिकै छ यतातिर रोएरै आशुको भाउ खोज्छु म!!
केसब थापा
गुलरीया बर्दिया