गजल By, केसब थापा
मर्ने रहर त कसैलाई हुदैन तर मरीजानु पर्छ !!
एकदिन पक्कै कालको फेला परीजानु पर्छ!!
जीन्दगी एउटा फुलको वगैचा हो फुल्नुपर्छ सधै!!
मगमगाएर वास्ना दिएनि एकदिन झरीजानु पर्छ!!
सबैलाई आफ्नै बनाए पनि मीठी बोली वचनले!!
आखीर अन्त्यमा सबैबाट टाढा सरीजानु पर्छ!!
हेर! उर्लीदैछ खोलाको वेग कुनैदिन शान्त थियो!!
कतिन्जेल किनारमा कुरेर बस्ने अब तरीजानु पर्छ!!
बाचा कसम खाउ अमर रहने इतिहास गवा हुनेछ!!
साच्चै तीता मीठा पलहरूले नै झोली भरीजानु पर्छ!!
केसब थापा
गुलरीया बर्दिया