गजल By, केसब थापा
बस है सानु ,बाटोहरू मोडेर जादै छु म।।
केहि समयको लागी अब छोडेर जादै छु म।।
ओठमा मुस्कान भयपनि जलेको छ मुटु
के था तिमलाइ मनमनै भक्कानो फोडेर जादै छु म।।
समयको खेल भनु या बाध्यताको खेल भनु
तिम्रो छायालाइ छाता बनाइ ओडेर जादै छु म।।
आद आए मेरो तस्वीर हेरेर मन बुझाउनु
बिर्सने छैनौ ,मायाको बिउ गोडेर जादै छु म।।
केहि दिनपछि तिम्रो पास आउला या लाश आउला
देशको माटो पाउमा सजाइ नाता तोडेर जादै छु म।।
केसब थापा
गुलरीया बर्दिया