गजल By, केसब थापा
नरूनु कहिल्यै आंशु झारी शत्रुहरू हांस्लान फेरी!!
मृत्युको खबर सम्झीएर फुलको माला गास्लान फेरी!!
संघर्षल गरेर परिचय दिनु हिम्मत नहार्नु कहिल्यै पनि!!
नत्र त्यो लाचार अवस्था देखेर पोथी पनि वास्लान फेरी!!
साच्चै मजा होला तिनलाई तिमी तड्पिएको देख्दाखेरी!!
हेर तिम्रै नजरमा छड्के पर्दै जीस्क्याएर खास्लान फेरी!!
कति स्वार्थी छ मान्छे झनझन स्वार्थ बढ्दैछ ,डर लाग्छ!!
कतै आफ्नो अवशेष बचाएर अस्तित्व नै मास्लान फेरी!!
आशुहरूकै खेती गरी तिमी सुगन्ध फैलाउनु जताततै!!
शत्रुहरूले तिम्रो प्रगति देखेर आफ्नै खुट्टा तास्लान फेरी!!
केसब थापा
गुलरिया बर्दिया