गजल By, केसब थापा
सक्छौ भने आफ्नै माटोमा सुन फलाएर देखाउ तिमी!!
चट्टान सरी माटोलाइ एकचोटि गलाएर देखाउ तिमी!!
नजाउ परदेश धन सम्पत्ति कमाउन, हेर त नियालेर !!
माटो मुनी नै सुनको खानी छ हल चलाएर देखाउ तिमी!!
कोर्नु छ भने सफलताको कहानी इतिहासको पन्नामा!!
हिलोमै गडेर कमलको फुल बनि पलाएर देखाउ तिमी!!
साच्चै नै सधैभरी तिम्रै चर्चा हुनेह अमर रहनेछौ युगौ युग
बिना तेलको दियोमा ज्योती जलाएर देखाउ तिमी!!
केसब थापा
गुलरीया बर्दिया