गजल By, केसब थापा
पैसाको पछि भाग्दा भाग्दै जुनी बित्ने भयो।।
हात फैलाएर माग्दा माग्दै जुनी बित्ने भयो।।
कैले रुवाउछ कैले हसाउछ अनि फसाउछ
दिनभरी रातभरी जाग्दा जाग्दै जुनी बित्ने भयो।।
मीठास छ यसको तर स्वाद थाहा पाइएन
औला भाची चाख्दा चाख्दै जुनी बित्ने भयो।।
दुइ दिनको जीन्दगी के नै पो छ र मरेर लैजानु यहाँ ,
तर यसकै पछि लाग्दा लाग्दै जुनी बात्ने भयो।।
केसब थापा
गुलरीया बर्दिया