गजल By, अम्बिका कार्की"अमु "
मजदुरहरुको खाली पेटले पनि केही पाएन ।
भुकम्पले भत्केको घर हुरि आर्इ छानो लग्यो
कयौं वर्षा त्यसै बिते त्यो घरले छानो लाएन ।
धुर्मुस र सुन्तलिले तरार्इ पहाड जोडे हिमाल
कहाँ आथ्यो लोकतन्त्र किन कुनै गित गाएन?
युवा जति दाजु भाई बरु परदेश गएकाछन्
भन्ने गर्छन् गुलाममा यो मुटुले हरेस खाएन ।
हजारौंको पुछियको सिन्दुर र रित्तो काखले
भित्र्याएको लोकतन्त्र जनताको घरमा धाएन ।
आयो होला लोकतन्त्र सिँहदरबार भवनमा
जनताको बाझों खेतमा जोत्ने गोरु दाएन ।।
अम्बिका कार्की" अमु "
सर्लाही हाल भरतपुर, चितवन