सुनसरी चैत्र २३,
महिला बचत तथा क्रण सहकारी संस्थाले आफ्नो ६० औं स्थापना दिवसको अवसरमा पाठेघरमा हुने क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले परीक्षण गरिएको शिविरमा ६० जना महिलाको पाठेघर परीक्षण गरेका थिए । ती मध्ये दुई जनाको जटिल समस्या देखिएकाले थप परीक्षण गरिने संस्थाका व्यवस्थापक यशोदा सेनले बताउनुभयो ।
पाठेघरको क्यान्सर महिलामा हुने क्यान्सर मध्ये चौथो स्थानमा पर्छ । पाठेघरमा क्यान्सर छ, छैन थाहा पाउन नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने र समयमै उपचार गरे पाठेघरको क्यान्सरवाट ८४ प्रतिशत बाँच्ने संभावना रहने चिकित्सकहरुको भनाइ छ ।