कविता 'नारी'
सरु पन्त
भित्रिन्छिन उनी अरु कसैको घर
अनि गर्छिन आफ्नो परिवर्तन थर
छाडी आफ्नो जन्म थलो सदा
पर्छिन नया कर्म घर को भर
सम्हाली दायित्व गर्बवती हुन्छिन
मृत्युसंग जोरी खेल्दै शिशु जन्म दिन्छिन
शिशुलाई आफ्नो जन्म नाउ दिन्छिन
लालानपोशन गर्दै आफ्नै स्वास्थ्य पनि भुल्छिन
जीवनकालमा आकान्शाको गला रेटेर
हेरचाह परिवारको मानसम्मान गरेर
निदाउछिन सपनाहरु बलिदान दिएर
अनुग्रह,कृपा गर्छिन भित्रभित्रै खिएर