| नर्स तोवा करारो |
हिजो मंगलबार इजरायलको तेल अभिभको दक्षिण खोलोनस्थित अस्पतालकी एक नर्सलाई जिउँदै जलाएर हत्या गरिएको छ ।
५६ वर्षे तोवा करारो नाम गरेकी नर्सको हत्या गर्ने त्यही अस्पतालका बिरामी रहेको बताइएको छ । ७० वर्षीय ती बिरामीले नर्सको शरीरमा ज्वलनशील पदार्थ फ्याकेर आगो लगाएका थिए ।
त्यसअघि ती दुईबीच विवाद भएको बताइएको छ । घटनापछि कार चढेर भागेका हत्यारालाई प्रहरीले गिरफ्तार गरेको छ । घटनाको विरोधमा इजरायली स्वास्थ्यकर्मीले आज बुधबारबाट दुई घण्टे हड्ताल गर्ने जनाएका छन् ।
_ स्वदेश खबरबाट;