गज़ल: By, कोमल भट्ट
अब त जीवन नै कथासरि भो
कुशल चिन्तन नै कथासरि भो
अधिक कष्ट हुँदैछ आहतले
सुखद वाञ्छन नै कथासरि भो
सगरका सपना टुटेर गए
मधुर कानन नै कथासरि भो
हृदय दुख्छ सदैव ऐंठनले
सरसिलो मन नै कथासरि भो
अमनचैन सबै डुबे ह्रदमा
मृदुल आँगन नै कथासरि भो
रहर शेष छँदै बित्यो समय
सलल जोबन नै कथासरि भो
बिलखबन्द भएँ बसौं कि हिॅडौ
सुगम आसन नै कथासरि भो
छन्द : पाबिल
७ मा विश्राम
-कोमल भट्ट
चन्द्रागिरी नगरपालिका,
वा.नं.२१-पुरानो नैकाप
काठमाडौँ
हाल:- न्युयोर्क