रुपन्देही फागुन ९,
श्रीमानले मट्टितेल छर्केर आगो लगाउँदा घाइते भएकी महिलाको उपचारको क्रममा भैरहवास्थित मेडिकल कलेजमा निधन भएको छ ।
नवलपरासीको पक्लिहवा ९ सकरदेही ३५ बर्षीय निनु मुसहरले आफ्ना ३३ बर्षीया नदेरु मुसहरलाई मट्टितेल छर्केर आगो लगाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
नवलपरासीका प्रहरी निरीक्षक अर्जुन रानाभाटले उपचारका क्रममा भैरहवामा महिलाको मृत्यु भएको बताएका छन् ।
मुसहर श्रीमानले लगाएको आगोबाट जलेर गम्भीर घाइते भएकी थिइन् ।
निनु मुसहरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । के कारणले उक्त घटना भएको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।