काठमाडौं माघ १४,
नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) को अवार्ड नेपाली धाविका मीरा राई जितेकी छन् । पूर्वी नेपालको भोजपुरमा जन्मिएकी २९ वर्षीया मीराले म्याराथनमा देशको प्रतिनिधित्व गर्दै थुप्रै अन्तर्राष्ट्रिय पदक जितिसकेकी छन्।
१५ वर्षकै उमेरमा माओवादी लडाकू बनेकी मीरा, शान्ति प्रक्रिया शुरु भएको सेना समायोजनका क्रममा उनी अयोग्य लडाकू घोषित भइन्। त्यसपछि मात्र खेलकुदतर्फ आकर्षित उनी कराते हुँदै अल्ट्रा म्याराथनमा आइपुगेकी हुन्। उनले हिमालयन आउटडोरको सफलतापछि उच्च पहाडी–हिमाली क्षेत्रमा हुने अल्ट्रा रेस सुरु गरिन् ।
हिमालयन, मुस्ताङ र मनास्लुका स्वदेशी डाँडापाखामा रेस जितेकी राईले, इटाली र हङकङसहित लगातार ६ वटा रेस पनि जितेकी थिईन् । स्वदेशका पाँचै रेसमा पहिलो भएकी उनले विदेशमा सहभागी १३ मध्ये आठवटा प्रतिस्पर्धामा स्वर्ण पदक जितेकी छन् । गत वर्ष फ्रान्समा आयोजित ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई पछि पार्दै उनले पहिलो स्थान हात पारेकी थिइन् ।
नेशनल ज्योग्राफीले प्रत्येक वर्ष विश्वभरबाट संरक्षण, सांस्कृतिक पुनर्उत्थान, साहसिक खेल र मानवीयताका लागि उत्कृष्ट काम गरेका व्यक्तिलाई अनलाइन भोटिङ मार्फत ‘एडभेन्चर अफ द इयर’ सम्मान प्रदान गर्ने गर्दछ, यस अर्न्तगत उनले ‘एडभेन्चर अफ द इयर–२०१७’ उपाधि जितेकीछन् ।_महिला खबरबाट: